Take a fresh look at your lifestyle.

विष्णु रिमालको कटाक्ष- प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगत्तै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्।

ज्ञवालीले प्रचण्डले केपी ओली सरकार ढल्दैछ भनेर गरेको प्रचारप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी लोकप्रिय छ भन्ने विश्वास लागे मध्यावधि निर्वाचन माग्न चुनौती दिएका थिए।

ज्ञवालीको फेसबुक स्टाटस शेयर गर्दै अर्का उपमहासचिव समेत रहेका रिमालले कांग्रेस-एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहसलाई प्रचण्डको विशेषता लिएमा चित्रण गरेका छन्।

रिमालले लेखेका छन्, ‘हो नि, उहाँले २०७४ मा कांग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि पाँचदलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’। फेरि त्यो अवधिमा तीन-तीन पटक सत्ता-सङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो, जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्।’

Leave A Reply

Your email address will not be published.