काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठक बस्नुअघि विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका विपक्षी दलहरू थप रणनीति बनाउन छलफलमा जुटेका हुन्। अहिले पनि छलफल जारी रहेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए। उनले आफूहरु मागबाट पछि नहटेको बताए।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाएको भएपनि अहिलेसम्म बस्न सकेको छैन। बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका नेताहरू सहभागी छन्। यद्यपि राप्रपालाई भने सहभागी छैन।
यता गृहमन्त्रीसहित प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू बैठकमा बसेका छन्। तर विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ। तर सत्तापक्ष राजीनामा नदिने तर गृहमन्त्री सदनमा बोल्ने तयारी छ।