Take a fresh look at your lifestyle.

सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

0

काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध भएपछि सभामुख छलफल थालेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन् ।

उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइरहे पनि सभामुखले बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिलाई बुझेर अगाडि बढ्न आग्रह गरिरहेका छन् ।

यता सत्तापक्षले भने राजीनामा नदिने गृहमन्त्रीले संसदमा जवाफ दिने बताइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.