Take a fresh look at your lifestyle.

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ- राजावादीसँग मिल्न जान्छ भनेको भए मेन्टल हस्पिटल जानुस् (भिडिओ)

0

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

पे्रस सेन्टर गण्डकी प्रदेश समितिले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजासँग मिल्ने आरोप लगाएको भए मेन्टल हस्पिटल जचाउन आग्रह गरे ।

‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जचाउन सल्लाह दिन चाहन्छु’, उनले भने ।

प्रचण्डले राजावादीविरुद्धको माओवादीको भण्डाफोरले सरकारलाई राहत मिलेको दाबी गरे ।

उनले भने, ‘बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामी र राजावादीहरुको निरंकुशतामाथिको हर्कतको भण्डाफोर गरिदिँदा सरकारलाई थोरै भएपनि राहत महशुस भयो ।’

 

Leave A Reply

Your email address will not be published.