रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टीमलाई भैंसीको बथानले लखेटेको भिडियो आज सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सोमबार प्राइम टाइम टेलिभिजनका लागि ऋषि धमलाले उनीसँग अन्तर्वार्ता लिइरहेको समयमा विमानस्थलभित्र चरिरहेको भैंसीको बथान दौडेर आएपछि सबैको भागाभाग भएको दृश्य देख्न सकिन्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी क्षेत्र जहाँ पछि अधिग्रहण गरेर अहिले तारबार गरिएको छ, तर समयमै यहाँ निर्माणका काम नहुँदा र विमानस्थल पूर्ण सञ्चालनमा आउन नसक्दा घाँस उम्रेपछि स्थानीयले खोलाको छेउतिरबाट लगेर यहाँ भैसी चराउने गरेका छन् ।
राज्यमन्त्री चौधरीले अन्तर्वार्ताकै क्रममा यहाँ आवश्यकभन्दा बढी जग्गा बनाइएको विषयमा आशंका बढेको जनाएका छन् ।