काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले भारत र पाकिस्तानबीच भइरहेको युद्धको प्रभाव नेपालमा पर्न सक्ने भन्दै सरकारले राष्ट्रिय सुरक्षा नीति अनुसार आफ्नो तयारी गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद सुब्बाले नेपाल शान्तिको पक्षमा रहे पनि आफ्नो तयारी गर्नुपर्ने बताइन् ।
उनले सरकारले सीमा सुरक्षामा ध्यान दिने र साइबर सुरक्षाको समेत बलियो तयारी गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएकी हुन् । सांसद सुब्बाले क्षेत्रीय शान्तिका लागि नेपालको भूमिका रहेको बताइन् ।