काठमाडौं । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। तर छलफलको क्रममा आज सत्तारुढ दल नेकपा एमालेका सांसदले रोचक ढंगले प्रतिक्रिया दिए।
सभामुखले छलफलमा भाग लिनको लागि सांसद चन्द्रबहादुर विश्वकर्मालाई ५ मिनेटको समय दिए। सभामुख समय दिएपछि रोष्ट्रममा पुगेका उनले मौन बने।
रोष्ट्रममा पुगेर उनले भने, नीति तथा कार्यक्रममा यहाँ प्रतिक्रिया चलिरहेको छ। मैले पनि प्रतिक्रिया दिनको लागि यहाँ उपस्थित भएको छु। तर त्यसले म प्रतिक्रिया दिन चाहन्छु भनेर मौन बसे।
आफूले पाएको समयमा मौन बसेपछि सभामुखलाई धन्यवाद दिएर फर्किए।