Take a fresh look at your lifestyle.

पहलगाम आतंकवादी हमला- लस्कर समूहलाई नेपालमा प्रतिबन्ध घोषणा गर्न सांसद बजगाईँको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले इस्लामिक अतिवादी संगठन लस्कर ए तोयवा समर्थित आरटीएफलाई नेपालमा प्रतिबन्ध घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बजगाईँले नेपाली नागरिक सन्दीप न्यौपानेसहितको हत्या गर्ने पहलगाम आतंकी हमलाको जिम्मेवार संस्थालाई नेपालले आतंककारी घोषणा गर्नुपर्ने बताए ।

उनले पाकिस्तानी सेनासँग नेपाली सेनाले संयुक्त सैन्य अभ्यास गर्नेगरेको भन्दै लस्कर आबद्ध संस्थालाई नेपालमा प्रतिबन्ध घोषणा गर्नपर्ने बताए । उनले सन् १९९८ मा इण्डिय एयरलाइन्सको विमान काठमाडौंबाट अपहरणको घटनाको पूर्वजानकारी एकजना प्रहरी अधिकृत आमोद गुरुङले दिएको स्मरण गराउँदै सरकार आतंकी हर्कतप्रति निर्मम बन्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.