काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे छलफल हुने भएको छ । सरकारले वार्तामा आउन पटकपटक आग्रह गरेपनि आन्दोलनरत शिक्षक महासंघले आफनो माग सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने भन्दै अडान राखेको छ ।
शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्ताको लागि छलफलमा बोलाएसँगै वार्ताको बाटो खुलेको हो ।
वार्ता नभई वार्ताका न्यूनतम विषयमा जानकारी गराउन जान लागेकाे नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशाेर सुवेदीले बताए ।