Take a fresh look at your lifestyle.

विद्यालयका शिक्षक र कर्मचारीबीच नै लफडा, आफैँ वार्तामा बसेका गंगाराम भन्छन्- सम्झौता मान्दैनौं (भिडिओ)

0

काठमाडौं । सरकारसँग सम्झौता गरेपश्चात विद्यालयका शिक्षक र कर्मचारी विभाजित बनेका छन् । हिजो शिक्षा मन्त्रालयमा भएको सम्झौता नमान्ने घोषणा कर्मचारी परिषदले गरेको छ ।

सम्झौताको विषयमा जानकारी गराउन आज मध्यबानेश्वरको रत्नराज्य स्कूलमा आयोजित भेलामा दुई पक्षबीच लफडा भयो । कर्मचारीहरू शिक्षक नेताहरूले धोका दिएको भन्दै उनीहरूमाथि खनिएका थिए । सरकारले विधेयक ल्याउने भनेर अल्मल्याउन मात्र खोजेको उनीहरूको दाबी छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बोल्दै गर्दा विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले आफूहरूका कुरा राख्न पाउनुपर्ने बताएका थिए । सोक्रममा उनलाई हलबाट निकालेपछि केहीबेर वादविवाद भयो ।

बैठकपछि पत्रकारसँग बोल्दै तिवारीले शिक्षक नेतृत्वले कर्मचारी हितविपरीत सम्झौता गरेको बताए । आफूहरूले आन्दोलन जारी राख्ने उनको भनाइ थियो ।

तिवारीले भने, ‘हामीलाई यो सम्झौता मान्य छैन । हामी घर फर्किन्नौं । चाँडै आन्दोलनका थप कार्यक्रम अघि सार्छौं ।’

तिवारी आफैँ हिजोको वार्तामा संलग्न थिए । आफू अन्तिमसम्म वार्तामा रहेको उनले स्वीकार गरे । तर, अध्यक्ष र महासचिवले हस्ताक्षर गर्नेमा जोड दिएपछि आफ्नो केही नलागेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.