Take a fresh look at your lifestyle.

कांग्रेस सांसद माया राई पक्राउको खबर उपसभामुखले जानकारी गराइन् (भिडिओ)

0

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउबारेको सूचना प्रतिनिधिसभाका सदस्यहरुलाई जानकारी गराइएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् ।

स्वर्णलक्ष्मी बहु उदेश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ ।

बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितबाट राईलाई पक्राउ गरि प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको समेत सूचनामा उल्लेख छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.