Take a fresh look at your lifestyle.

गणतन्त्रमाथिको प्रहार युवा शक्तिले समाप्त पार्नुपर्छ : उपमेयर शिवकुमारी थारु

काठमाडौं । शिवराज नगरपालिका कपिलवस्तुकी उपमेयर शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एक भएर अघि बढ्ने बताएकी छन् ।

लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा नेकपा एमालेद्वारा आयोजित युथ सेलिब्रेसनमा उनले गणतन्त्रले राज्यका हरेक क्षेत्रमा सबै क्षेत्र, वर्ग र समुदायको सहभागिता सुनिश्चित गरेको बताइन् ।

‘विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्, युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नु पर्छ’, उनले भनिन् ।

समतामूलक समाज निर्माणका लागि गणतान्त्रिक व्यवस्थाले टेवा पुर्‍याएको भन्दै सङ्घर्षले ल्याएको गणतन्त्र रक्षाको लागि सम्पूर्ण युवा एकजुट भएर लाग्नु पर्नेमा उनको जोड छ ।

Leave A Reply

Your email address will not be published.