Take a fresh look at your lifestyle.

ल क्याम्पसमा ५० प्रतिशत पनि खसेन भोट

काठमाडौं । नेपाल ल क्याम्पसमा आज भएको स्ववियू चुनावअन्तर्गत मतदान सकिएको छ । कुल २९१८ मतदातामध्ये १६३९ भोट खसेको क्याम्पस प्रशासनले जनाएको छ ।

चैत ५ गते तोकिएको मितिमा यहाँ चुनाव हुन सकेन । नेविसंघले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथाशीघ्र चुनाव गर्न परमादेश जारी गरेको थियो । सोही अनुरूप यहाँ आज चुनाव गरिएको हो ।

निर्वाचनमा १३ वटा विद्यार्थी संगठनका उम्मेदवार मैदानमा छन् । विद्युतीय प्रक्रियाअनुसार भएको मतदानको नतिजा छिटै आउनेछ ।

मतदानमा बीएएलएलबी, एलएलबी र एलएलएमका विद्यार्थी सामेल थिए । सबैभन्दा धेरै एलएलबीका छन् ।

यहाँ नेविसंघबाट मोहम्मद माजिद प्रवेज सभापतिमा उठेका छन् । अनेरास्वियु र अखिल क्रान्तिकारीले गठबन्धन गरी समिर रिजाललाई अघि सारेको छ ।

Leave A Reply

Your email address will not be published.