Take a fresh look at your lifestyle.

माओवादी संसदीय दलको बैठक जारी

0

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।

बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बताइएकोछ । सरकारले वैशाख १२ गते अधिवेशन आह्वान गरेको छ ।

शिक्षक र निजामती कर्मचारीहरूका माग पूरा गर्न यही अधिवेशनबाट ऐन जारी गर्ने तयारी पनि सरकारको छ ।

सभामुख देवराज घिमिरेले शनिवार र बिदाको दिनबाहेक हरेक दिन बैठक बोलाउने तयारी पनि गरेका छन् ।

Leave A Reply

Your email address will not be published.