काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पारेका छन् ।