काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु पक्राउपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक बसिरहेको छ।
पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकमा आजको जनप्रदर्शनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । पक्राउ परेका अध्यक्ष लिङदेनसहितका नेताहरुलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
बैठकले थप आन्दोलन र संघर्षका कार्यक्रमबारे निर्णय लिनेछ।