Take a fresh look at your lifestyle.

एमाले जितपुर सिमरा उपमहानगर अधिवेशन-निर्वाचनबाट त्रिलोक ठकुरीको प्यानलै विजयी

बारा । नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका अधिवेशनले निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको छ । मंगलवार भएको निर्वाचनबाट त्रिलोकविक्रम ठकुरी उपमहानगर कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।

ठकुरीले २०७ मतका साथ अध्यक्षमा जित्दा अर्का उम्मेदवार तारा बस्नेतले १०६ मत पाए । त्यस्तै उपाध्यक्षमा पदमा ठकुरी प्यानलकै कैमिदिन अन्सारी १८७ मतसहित बिजयी भएका छन् ।

सचिव र दुई उपसचिवमा पनि ठकुरी प्यानलकै रविन्द्र भण्डारी, इम्तियाज आलम र औलौपिय चौधरी बिजयी भएका छन् । सर्वसम्मत नेतृत्वको प्रयास असफल भएपछि दुई प्यानल बनाएर निर्वाचन भएको थियो ।

ठकुरी प्यानललाई नेता पुरुषोत्तम पौडेलको साथ थियो भने पराजित बस्नेत प्यानललाई पोलिटव्युरो सदस्य ज्वालाकुमारी साहको समर्थन थियो ।

कसले कति मत पाए ?

अध्यक्ष पदमा

त्रिलोक विक्रम शाह -२०७
तारा बस्नेत (हीरा) -१०६

उपाध्यक्ष पदमा

कैमुदिन अन्सारी-१८७
सुनिल कुमार गुप्ता -१२१

सचिव पदमा

रविन्द्र भण्डारी-१६८
रमेश कुमार पौडेल-१३८

उपसचिव पदमा

इम्तियाज अन्सारी-१०१
बिष्णु प्रसाद सापकोटा-१९५

महिला उपसचिव पदमा

अलौपिया चौधरी -१८१
समिता शर्मा-१२४

Leave A Reply

Your email address will not be published.