Take a fresh look at your lifestyle.

लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता :वर्षाले खेल रोकिएपछि रुपन्देही र दाङ संयुक्त विजेता

रुपन्देही । अविरल वर्षा भएर मैदानमा खेल्न समस्या भएपछि लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को  रुपन्देही र दाङ संयुक्त विजेता भएका छन् ।  बिहीबार राति परेको पानीले पिच र आउटफिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देही संयुक्त विजेता बनेका हुन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उपाधिका लागि दुई टिमबिच लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेल हुने तय भएको थियो । तर, राति हावाहुरीसहितको पानी परेपछि खेल हुन सकेन । देउखुरीमा खेल्न नसक्ने भएपछि घोराही– १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा पिच तयारी गर्ने प्रयास भएपनि पुनः पानी परेपछि अन्ततः दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

संयुक्त विजेता बनेका रुपन्देही र दाङले ७५\७५ हजार रुपैयाँसहित शील्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टिम र खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले कप, शिल्ड तथा पुरस्कार वितरण गरे । फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज र वेस्ट व्याट्स म्यान दाङका तुलबहादुर थापा भए । उनले नगद १० हजार तथा ५ हजारसहित ट्रफी प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताको बेस्ट बलर गुल्मीका रामचन्द्र टण्डन भए । उनले ५ हजारसहित ट्रफी हात पारे । चैत्र २५ गतेबाट सुरु भएको प्रतियोगिताको समापन गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले जनाए ।

Leave A Reply

Your email address will not be published.