काठमाडौं । वकिलहरुको संस्था नेपाल बार एसोसियसनको चुनावमा सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन अगाडि देखिएको छ ।
गठबन्धनका उम्मेदवार विजयप्रसाद मिश्रले २,०१० मत ल्याउँदा पूर्वमहान्यायाधिवक्ता एवं नेकपा माओवादी केन्द्र र रास्वपा निकट वकिलहरुका उम्मेदवार रमण श्रेष्ठले १,००७ मत पाएका छन् ।
सत्ताधारी गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेस निकटको डीएलएका उम्मेदवार मिश्रको लिड दोब्बर छ । महासचिवमा पनि सत्ता गठबन्धनकै उम्मेदवार केदार कोइरालाको मत १,९८९ रहेकाे छ । उनका प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले ८७८ मत ल्याएका छन् ।