रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदारी दिएका खिमलाल पाण्डे विजयी भएका छन् । यो एमाले तथा कांग्रेसको बलियो आधार इलाका भएको क्षेत्र हो ।
शुक्रबार सम्पन्न चौथो अधिवेशनबाट गठबन्धनका उम्मेदवार किरण खरेललाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय विजयी भएका हुन् । यो क्षेत्रको मुख्य पर्यटकीय क्षेत्र हो वनबाटिका ।
कुल ७७५ मतदाता मध्ये ६६१ मत खसेकोमा पाण्डेयले ३६९ मत प्राप्त गर्दै विजयी बने भने खरेलले २३४ मत ल्याए । यसैगरी अध्यक्षकै अर्का प्रत्यासी टिकादेवी आलेले ३९ मत प्राप्त गरेकी थिइन् । वनबाटिकाको स्थापनाकालदेखि नै सकृय रहेका पाण्डे यसअघि पनि उपाध्यक्ष रहेका थिए । एमाले कांग्रेसले गठबन्धन बनाएपछि स्वतन्त्र उम्मेदार बनेका पाण्डेलाई साना बाम घटकले समर्थन गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा भने गठबन्धनकै उम्मेदवार मीनप्रसाद देवकोटा ३७८ मत ल्याएर विजयी भए भने प्रतिद्वन्दी लेखबहादुर खड्काले १३२ र चन्दा थापाले १०९ मत ल्याइन् ।
सचिवमा विदुर केसी ३७९ मतसहित विजयी हुँदा गठबन्धनकी उम्मेदवा हरिकला अधिकारी ९कमला०ले १८८ र हिरामति थापाले ५७ मत प्राप्त गरिन् । कोषाध्यक्षमा गठबन्धनबाटै मनिराम भट्टराई ३८५ मत ल्याएर विजयी हुँदा सौरभ भुषालले १७५ र उदयसिह थापाले ६३ मत ल्याए ।
२ जना लेखासमिति सदस्यका लागि ६ जना उम्मेदवार रहेकोमा सन्दिप भट्टराईले ३१३ र विष्णु प्रसाद सुवेदी २११ मत ल्याएर विजयी भए । त्यस्तै सदस्यहरुमा विन्दु टकाल ३१२, शकर भण्डारी २९७, पार्वती क्षेत्री २८३, सरस्वति बराल २३९, राममाया अर्याल पौडेल २२३, ज्योतिमाया थापा २१३ र लक्ष्मण मल्ल ११२ मत ल्याएर विजयी भएका छन् ।