Take a fresh look at your lifestyle.

तीनकुने घटनाको छानबिन आयोग बनाउनुपर्ने पक्षमा उभियो कांग्रेस

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा एमाले तीनकुने घटनाको अध्ययन अनुसन्धानका लागि छानबिन समिति बनाउन नहुने पक्षमा उभिए पनि सत्तारुढ दल नेपाली कांग्रेस भने छानबिन समिति बनाउनुपर्ने पक्षमा उभिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले छानबिन समिति बनाउनुपर्ने माग राखेकोमा सत्तारुढ दल एमालेका सांसद रघुजी पन्तले छानबिन समिति बनाउन नहुने पक्षमा जोड दिँदा अर्को सत्तारुढ दल कांग्रेसका सांसद हृदयराम थानी भने छानबिन समिति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

कांग्रेस सांसद थानीको भनाइ

किन तोकियो तीनकुनेलाई प्रदर्शनस्थल ? गृहमन्त्रीलाई प्रदर्शन आपराधिक हुन्छ भन्ने नै थाहा थियो । अनुसन्धान गर्ने निकायले किन बेलैमा सूचना दिनुभएन वा दिन नचाहेको हो ? छातीमा हात राखेर सोच्ने कि नसोच्ने ? केन्द्रीय कमान्ड के हेरेर बसेको थियो ? सारा सुरक्षाको घेराभित्र एउटा वाटर क्यानललाई एक ठाउँबाट अर्को ठाउँ किन पुर्‍याउन सकिएन ? मुठभेड पनि भएको छैन ? प्रदर्शनकारी कोटेश्वर पुगेपछि किन चलाइयो गोली ? कसको इच्छा र चाहनाले गोली चलाइयो ? म्याद सकिएको अश्रुग्याँस प्रयोग भएको छ । अश्रुग्याँस किन्नै नसकिने अवस्थामा पुगेको हो र सरकार ?

नागरिकको जिउ र धनको सुरक्षा सरकारले गर्नैपर्छ । भोलि ४० हजारको जुलुस निस्किँदा के गर्छ सरकारले ? यो मुलुक एउटा बारुदखाना जस्तै भएको छ । ४ हजार मान्छे आउँदा रोक्न नसक्ने अवस्थामा पुगेका छौं । मञ्चमा टियरग्याँस हान्यो । जुलुस भागिरहेको बेला छातीमा गोली लागेको छ । निष्पक्ष छानबिन आयोग गठन गर्नैपर्छ । गृहमन्त्रीज्यू यसमा आलटाल नगरौं । अब तीनकुनेको जस्तो घटना दोहोरिन नदिन सुरक्षा निकाय जागिर खाएर बस्ने होइन ।

Leave A Reply

Your email address will not be published.