Take a fresh look at your lifestyle.

देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थीको प्यानल विजयी

0

रुपन्देही । दाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्वविय निर्वाचनमा स्वतन्त्र विद्यार्थीको प्यानल निर्वाचित भएको छ ।

राजनीति दलका संगठनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विद्यार्थी परिवारको तर्फबाट सभापतिमा उम्मेदवारी दिएका मिलन चौधरीले १८९ मतान्तरले निर्वाचित भएका हुन् । उनले ४४६ मत प्राप्त गरे । उनको प्यानलका सबै उम्मेदवार निर्वाचित भएका हुन् ।

अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गरे । शम्भुलाई अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी पार्टीको अनेरास्ववियुको समर्थन थियो । नेविसंघका राजन भुसालले २४२ मत प्राप्त गरे ।

सचिवमा अनुकुमारी यादव ३९९, कोषाध्यक्षमा आयुष्मा चौधरी ३६९, सदस्यमा लक्ष्मीकुमारी यादव ३८९, सरिता पुन ४०८, सुदिप चौधरी ३९९, आशिका चौधरी ४०५, अनिलनाथ योगी ४००, कामना चौधरी ३९३, प्रविन चौधरी ३८० मत प्राप्तगरि निर्वाचित भएको निर्वाचन मण्डलका प्रवक्ता भेषराज पोख्रेलले जानकारी दिए ।

मिनल चौधरी र उनको प्यानलाइ यस अघि नागरिक उन्मुक्तिबाट राजीनामा दिएर स्वतन्त्र बसेका सुरेन्द्र चौधरी लगायतको समर्थन थियो ।

Leave A Reply

Your email address will not be published.