Take a fresh look at your lifestyle.

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादव पक्राउ

जनकपुरधाम । जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

यादवलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खडिवडाले पुष्टि गरेका छन् ।

उनका अनुसार यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्राप्त पत्रको आधारमा उनलाई पक्राउ गरिएको छ ।

उनीविरुद्ध मुद्दा कसले दर्ता गराएको कुरा खुल्न सकेको छैन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि यादवमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए ।

जनमतका केन्द्रीय अनुशासन समितिले यादवमाथि ०८१ चैत २१ मा पार्टीलाई हिसाव नबुझाएको र रकम अनियमितता रहेकोसहितको आरोप लगाउँदै निलम्बन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.