Take a fresh look at your lifestyle.

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगे चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको घर

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पार्टी नेताहरु लिएर चैत १५ गते काठमाडौंको तीनकुने घटनामा मारिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको घर पुगेर शोकाकुल परिवारलाई भेटेका छन् ।

अध्यक्ष लिङदेन आज बागमती प्रदेशका सभामुख भुवन पाठक र राप्रपाका अन्य नेताहरुसहित रजक निवास ताहाचल पुगेका हुन् ।

उक्त अवसरमा सुरेशको परिवारले उनलाई शहीद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक आयोग गठन गरिनुपर्नेलगायतका माग अध्यक्ष लिङदेनसमक्ष राखेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष लिङदेनले आफूहरुले पार्टीको बैठकबाट औपचारिक निर्णय गरेको, संसद र सडकमा यो विषय उठाइरहेको र निरन्तर उठाइरहने बताए ।

Leave A Reply

Your email address will not be published.