Take a fresh look at your lifestyle.

चितवनमा प्रम ओली- ६ लेन सडक उद्घाटनसहित ३ कार्यक्रममा सहभागी हुँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली चितवन आइपुगेका छन् । उनले चितवनमा गर्ने तीनवटा औपचारिक कार्यक्रम मध्ये सबैभन्दा पहिला इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

केहीबेर अघि चितवन आइपुगेका उनले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटनको औपचारिक कार्यक्रममा आफ्नो मन्तव्य राखेपछि भरतपुर महानगरपालिकामा निर्मित ६ लेन सडक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीको अधिवेशन कार्यक्रमको उद्घाटन गरेर नारायणगढ बुटवल सडक खण्डको निर्माण अवलोकन गरि काठमाडौँ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.