हेटौँडा । स्पेनिस ला-लिगामा बार्सिलोना बराबरी हुनबाट जोगिएको छ ।
शनिवार राती भएको खेलमा उपहार गोलबाट बार्सिलोनाले महत्त्वपूर्ण तीन अङ्क प्राप्त गरेको छ ।
लेगानेससँगको खेलमा बार्साको जितको लागि खेलको ४८ औँ मिनेटमा उपहार गोल प्राप्त गर्यो ।
लेगानेसका जोर्जे सेनेजले आत्मघाती गोल गोल गरेपछि बार्साले महत्त्वपूर्ण तीन अङ्क प्राप्त गर्दै तालिकाको पहिलो स्थान थप मजबुत बनाएको छ ।
शनिवारको खेलपछि ३१ खेलबाट ७० अङ्क सहित पहिलो स्थानमा यथावत् छ । शनिबार नै भएको खेलमा मालोर्का ले रियल सोसिडाडलाई २-० ले पराजित गरेको छ ।
यस्तै अन्य खेलहरूमा लस पाल्मसले गेटाफेलाई ३-१ र इस्पानीयोलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको छ ।