Share काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई पराजित गरेको छ ।