Take a fresh look at your lifestyle.

केपीबिनाकाे एमाले चाहिए १५-२० वर्ष कुरे भयाे, एमाले बिनाकाे देश सम्भव छैन: ओली

रूपन्देही । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले याे सरकार र गठबन्धनमा कुनै समस्या नरहेकाे भन्दै केही तत्वहरूले चलाएकाे हल्लाले हावा खाएकाे बताएका छन् ।

नेकपा एमालेले आज बुटवलमा आयाेजना गरेकाे जागरण सभालाई सम्बाेधन गर्दै उनले बहुदल आएयता भएको विकासका याेजनालाई राखेर छलफल चलाउन आग्रह गरेका हुन् ।

‘सरकार ढल्ने हाेइन हल्लने पनि छैन यसमा सबैले प्रष्ट भए हुन्छ’ उनले भने । नेपालमा राजतन्त्र लामाे समय रहेकै कारण देश अहिलेसम्म पछाडि परेकाे उनलेे बताए ।

‘२४० वर्षको राजतन्त्रमा नेपालीको विकासकाे अवस्था कस्ताे थियाे, उनीहरूले नै भनुन् । विश्वमा राजतन्त्र भए पनि धेरै विकास भएको थियाे त यहाँ किन हुन सकेन ।’ उनले भने,’धार्मिक स्थल पहिले पनि थिए, बाटाेघाटाे पहिले नि जरूरत थियाे, विमानस्थल, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मुख्य राजमार्ग सबै कहिले बनेका हुन् ।’

‘एकातिर एमालेले मिसन ८४ अभियान चलाएकाे छ, विकासका याेजनामा धमाधम काम भइरहेकाे छ, प्रतिगामी तत्वहरूलाई छट्पटी भएको छ’ उनले भने,’केपीबिनाकाे अभियान चलाएकाले १५/२० वर्ष कुरे भयाे म सधैं बाँच्ने हाेइन तर एमालेबिनाकाे अवस्था कल्पना नगरे हुन्छ , त्याे नातिकाे पालामा नि हुँदैन जनता सचेत छन् ।’

उनले भने, ‘देश अघि बढ्याे, पछाडि फर्कदैन, जनता रैती भएर बस्न तयारी छैनन् कसैले मसानघाटमा लगिएको चिता फर्काएर ल्याउने कल्पना गरेका छन् त्याे दिवासपना मात्रै हाे ।राजतन्त्रमा शिक्षा, स्वास्थ्य, राेजगारीकाे अवस्था कस्तो थियाे सबैलाई जगजायर छ त, अहिले अफवाह गरेर हुन्छ एमालेले सरकारमा गएर केही गर्छ भन्ने उदाहरण धेरै छन् कति गरेकाे छ सबैलाई छर्लङ्ग छ त।’

‘प्रतिगमनका हल्ला चलेका छन तर मान्छेका घर जलाएर, मान्छे मारेर, स्याउसुन्तला चाेरेर हुल्लडवाजी गर्ने तर आन्दोलनकाे जिम्मेवारी कसैले नलिने, यस्तो नि क्रान्ति हुन्छ’ उनले भने,’अब सबै युवाहरू जिम्मेवारी भएर यहीँ काम गर्ने गराउने वातावरण बनाउनुपर्छ । आउनुस् देश बनाउन सरकारले धेरै यस्ता कार्यक्रम ल्याएकाे छ ।’

‘७२ सालमा संविधान बनेपछि विकासले रफ्तार लिएकाे छ, केही नभएको हाेइन भएको छ तर अझै गर्न बाँकी छ तर देश अस्थिरतामा गएकाेले समस्या भएको सत्य हाे, त्यही अवस्था चिर्न सहकार्य गरेकाे हाे, सहमति गरेकाे हाे’ उनले भने । ‘ हामी सरकारमा जानका लागि हाेइन केही काम गर्न गएका हाैं उनले भने ।

 

Leave A Reply

Your email address will not be published.