काठमाडौं । नेपाल बार एशोसियनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक विवरणमा कांग्रेस र एमालेनिकट वकिलको प्यानलले अग्रता कायम गरिरहेको छ ।
कोशी प्रदेशका जिल्लाबाट थालिएको गणनाको दोस्रो विवरण अनुसार अध्यक्षमा कांग्रेस-एमाले प्यानलका विजय प्रकाश मिश्रले ४८५ पाएका छन् भने माओवादी,रास्वपा,राप्रपा र नेकपा एसलगायतको प्यानलबाट रमण श्रेष्ठले २९५ मत पाएका छन् ।
त्यस्तै महासचिवमा एमाले र कांग्रेसको प्यानलका केदार कोइरालाले ४९३ मत पाएका छन् ।
त्यस्तै, काेशी प्रदेशमा पदम प्रसाद लिम्बुले ५२९ मत ल्याएका छन् भने मधेसमा अजय शंकर झाले ५२६ मत पाएका छन् ।
अब बाँकी गणना भाेलि मात्रै गरिने भएकाे छ ।
यस्तो छ सबै उम्मेदवारले पाएको मतको विवरण