काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको दोहोर्याएका छन्।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन पार्टी सभापति शेरबहादुर देउवा उपस्थिती भएको कार्यक्रममा कोइरालाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताए।
त्यसबारे उनको भनाइ,
राजनीतिमा अहिले धेरै कुरा छन्। ती कुरालाई ध्यानमा दिएर यो सरकार, जो अहिले सरकार छ। नेपाली काँग्रेस सम्मिलित सरकार हो यो। यो सरकारमा हामी पनि सरकारमा छौँ। मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिष्पर्धी कुनैपनि ठाउँमा एमाले हुन्छ।
र हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं। त्यसैले कहिँ यो सरकार गलत गरिरहेको छ कि भनेर हामीले खवरदारी गरिराख्नुपर्छ। हामीले खवरदारी गरेनौंं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्नसक्छ। त्यसैले हामी सत्तामा छौं तर सरकारमा छैनौं।
सरकारमा हुने साथीहरुले सहकार्य गरेरै जानुपर्छ अर्को उपाय छैन। यो सरकारले तीनवटा कुरा खासगरीः संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ। जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ।
सुशासन छैन भनेपनि छैन। सुशासन दिलाउन कञ्जुसी नगरौं, भ्रष्टाचारको कुरा गर्दिनँ। दण्डहिनता बढेको बढ्यै छ। यो कुरालाई कन्ट्रोल गरेर जानुपर्ने विश्वास छ।