Take a fresh look at your lifestyle.

थाइल्यान्डमा मोदीसँग भेटेर फर्केका प्रधानमन्त्रीलाई प्रश्न- अब भारत भ्रमण कहिले हुन्छ ?

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण असम्भव नरहेको बताएका छन्।

थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विविध कारणले समय नभ्याएको कारणले भारत भ्रमण नभएको बताए।

उनले भने, ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ त्यस्तो कारणले मात्रै हो। यो बाहिर भारत भ्रमण अबरुद्ध भयो, काँडेतार लगाएको छ र कसैले? त्यस्तो हुँदैन होइन।’

सगरमाथा संवादअघि नै भारत भ्रमण हुनसक्छ भन्ने जिज्ञासामा उनले थपे, ‘हामी अलि व्यस्त नै छौं, सगरमाथा संवादको तयारी गर्नुपर्ने हुन्छ। हाम्रो तर्फबाट के हुनसक्छ हामीले भ्याउँछौं भन्यौं भने हुनपनि सक्छ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रोसँग कुराकानी जिकिर गरे।

उनले भने, ‘हामीले एउटा अठोट गरेको छौं नेपाल भारत सम्बन्धलाई अझ व्यापक र सुदृण गर्दै लाने र कुनै सानातिना समस्या छिमेकमा देखिनपनि त सक्छन् नि। त्यस्तो भइहाल्यो भने पनि संवाद गरेर टुंग्याउने गहिरो समझदारी गरेका छौं। मोदीसँग भेट फलदायी भएको जिकिर गर्दै मोदी पनि खुसी भएको बताएको बताए।

Leave A Reply

Your email address will not be published.