काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको पक्षमा र संघीयताको खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर चैत २४ देखि ३० गतेसम्म साताव्यापी आन्दोलनको घोषणा गरेको हुन्। पार्टीलेगणतन्त्रको रक्षा र संघीयताको खारेजीको माग गर्दै निरन्तर संघर्ष गर्दै आइरहेको अध्यक्ष चित्रबहादुर केसीले बताए।
उनले भने,’संघीयताको खारेजका लागि हामीले आन्दोलन घोषणा गरेका छौं। संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्नको लागि मंसिरदेखि नै हामीले काम गरिरहेका थियौं। राजधानी केन्द्रित आन्दोलन पनि सफल हुने विश्वास व्यक्त गरेका छौं।’
फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि मुलुकमा प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्षसहित आफूहरुले आन्दोलनको कार्यक्रम राखेको बताए।