Take a fresh look at your lifestyle.

पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल

0

काठमाडौं – पाँच वर्षअघि सार्वजनिक भएको हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल सार्वजनिक भएको छ । यस गीतको सिक्वेल ‘जेल पनि सुहँला : मर्नु परे मरौँला’ बिहीबार सार्वजनिक भएको हो ।

यस गीतमा नायक जीवन भट्टराई र नायिका लक्ष्मी बर्देवाको अभिनय छ । गीतको भिडियोमा शिक्षिका र कार्यालय सहयोगीको प्रेम दखाइएको छ ।

‘जेल पनि सहुँला–२’ पनि गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीले स्वर दिएका छन् ।

अघिल्लो गीतमा उनीहरू प्रेममा सम्बन्धमा स्थापित भएको देखाइएको थियो । यसमा भने उनीहरूले प्रेम सम्बन्धलाई पूर्णता दिन सहर छिरेको देखाइएको छ ।

जीवन र लक्ष्मीकै निर्देशनमा यसको भिडियो तयार भएको हो । पहिलो गीतको भिडियो रामेछापको एक विद्यालय आसपासमा खिचिएको थियो । त्यही स्थानमा सिक्वेलको छायाङ्कन गरिएको छ ।

‘जेल पनि सहुँला’ गीतले कलाकार जोडी लक्ष्मी र जीवनलाई म्युजिक भिडियोमा क्षेत्रमा स्थापित गराउन ठूलो भूमिका राखेको छ । यही गीतको सफताले उनीहरू दुईको म्युजिक भिडियोमा माग बढेको हो ।

यो जोडीले अहिलेसम्म करिब चार दर्जन म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।

‘जेल पनि सहुँला’ले अहिलेसम्म साढे २ करोडभन्दा बढी भ्युज पाएको छ । यस गीतलाई दर्शकबाट धेरै माया पाएकाले सिक्वेल बनाएको निर्देशकसमेत रहेकी नायिका लक्ष्मी बताउँछिन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति :
७ चैत्र २०८१, बिहीबार  ६ :
४९ बजे

Leave A Reply

Your email address will not be published.