Take a fresh look at your lifestyle.

बजेटको ब्रिफकेस बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री

0

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको ब्रिफकेससहित उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थमन्त्रालयबाट निस्किएका छन् ।

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि उनले नेपाली ढाकाको ब्रिफकेस बोकेका छन् । यसअघि अर्थमन्त्री वर्षमान पुनले पनि ब्रिफकेसको ढाँचा फेर्दै नेपाली अल्लो एवं ढाकाको ब्रिफकेस प्रयोगमा ल्याएका थिए ।

क्याविनेटबाट पारित भएसँगै केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा पौडेलले बजेट सार्वजनिक गर्ने छ्न् ।

Leave A Reply

Your email address will not be published.