काठमाडौं । सरकारका प्रवक्ता एवम सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् ।
एमालेकाे सचिवालय बैठकका लागि पुगेका उनले सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो र ?’
त्यस्तै, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणबारे छानबिन भइरहेको पनि उल्लेख गरे ।