काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्डको राजधानी बैंक प्रस्थान गरेका छन्। स्वास्थ्य उपचारका लागि देउवा थाइल्याण्ड प्रस्ता गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
देउवा थाइल्याण्ड प्रस्थान गरेपछि नफर्कुञ्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।
उनले भने, ‘उहाँ देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ ।’
सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ।
सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेको बेलामा माओवादी केन्द्रले देउवा प्रधानमन्त्री बने आफूहरू सघाउन तयार रहेको बताउन थालेको छ। तर, मुख्यसचिव पौडेलले थाइल्याण्डमा देउवाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको दाबी गरे।