Take a fresh look at your lifestyle.

सरकारलाई एनपी साउदको चेतावनी- शिक्षकको शान्ति पूर्ण प्रदर्शनलाई कमजोरीका रुपमा हेर्नू ठूलो भूल हुनेछ

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न चासो नदेखाएकोप्रति आपत्ति जनाएका छन्।

शिक्षकको शान्ति पूर्ण प्रदर्शनलाई कमजोरीका रुपमा हेर्नू सरकारको ठूलो भूल हुने उनको बुझाइ छ। उनले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन् ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै,

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरीका शिक्षकहरु गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । १४ दिन बितिसक्दा पनि उक्त आन्दोलनको सम्बोधन गर्न तर्फ सरकार गम्भीर नहुनु आश्चर्यजनक छ १ जसले गर्दा महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै आम शैक्षिक हडताल घोषणा गरि एसइईको उत्तर पुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा बहिष्कार जस्ता कठोर कदम चाल्दा यस्ले ठूलो क्षति हुने विषयलाई गम्भीरतापुर्वक लिई अबिलम्ब निकास दिनु सरकारको जिम्मेवारी हो  ।  शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषयहरु सम्बोधन गरि समस्याको समाधान गरिनु पर्दछ । हाम्रो पार्टीको तर्फबाट सरकारका सरोकार वाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद छ । शिक्षकको शान्ति पुर्ण प्रदर्शनलाई कमजोरीका रुपमा हेर्नू ठूलो भूल हुनेछ १यो आन्दोलन जति लम्बिदैछ शैक्षिक क्षेत्रले त्यति नै ठूलो क्षती व्यहोर्नुपर्ने छ त्यसैले सरकारले शिक्षक महासंघको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिएर समस्या समाधानको लागि निर्णायक भूमिका निर्वाह गर्न विलम्ब गर्नु हुँदैन  ।

Leave A Reply

Your email address will not be published.