काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपाले भृकुटीमण्डपमा गर्न लागेको आमसभाको स्थान परिवर्तन गर्न आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले राप्रपाले निर्धारण गरेको स्थानमा यसअघि नै शिक्षक, राष्ट्रिय जनमोर्चालगायतको आन्दोलन चलिरहेको उल्लेख गर्दै कार्यक्रम स्थानको विकल्पका रुपमा सिफल चौर वा बल्खुमा गर्न आग्रह गरेको हो ।