Take a fresh look at your lifestyle.

रवि लामिछाने पक्राउ

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले निवासबाटै पक्राउ गरेकाे छ ।

उच्च अदालतले आदेश दिएकाे केहीबेरमै प्रहरी रविकाे बुढानिलकण्ठस्थित निवास पुगेर पक्राउ गरेकाे हाे । लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेकाे उल्लेख गरेकै केही समयमै प्रहरीले नियन्त्रण गरेकाे हाे ।

शुक्रबार साँझ ९ बजे काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।

आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अहिले उनलाई रुपन्देही लगिँदै छ।

Leave A Reply

Your email address will not be published.