Take a fresh look at your lifestyle.

प्रकाशशरण महतको दाबी- कांग्रेसजस्तो सर्वोकृष्ट पार्टी पार्टी अरू छैन

0

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले पनि सर्वोकृष्ट पार्टी नेपाली कांग्रेस नै भएको दाबी गरेका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा कुनै गल्ती कमजोरी गरेको भए पनि अहिले सत्तामा रहे पनि नरहे पनि कांग्रेसले सहीलाई सही र गलतलाई गलत भन्ने बताए।

उनले भने, ‘कांग्रेस सत्तामा भए पनि भए पनि जायज कुरालाई जायज भनेर बोल्छ। नभएको कुराको विरोध गर्छ र खबरदार गर्छ। कांग्रेसको अनुभव प्रतिबद्धता अप्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ। अफ्ठ्यारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरूले अधिकारको रक्षा गर्न सक्दैनन्।’

उनले जनताको इच्छा अनुसार डेलिभरी गर्न नसकेको भन्दै काम गर्न आवश्यक रहेको बताए।

Leave A Reply

Your email address will not be published.