Take a fresh look at your lifestyle.

धुर्मुस-सुन्तलीबारे प्रधानमन्त्री : मैले रंगशाला नआँट बाबुनानी भन्दाभन्दै आँटे, धेरै दु:ख पाए (भिडिओ)

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् । कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनको भनाइ छ ।

बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै ओलीले धुर्मुस सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको सम्झिए ।

उनले भने, ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे । नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुख पाए, माया लाग्छ ।’

उनले अब भने उनीहरुको दुख हट्ने उद्घोष गरे ।

ओलीले थपे, ‘अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दुख कस्ट पनि हट्छ । मैले त दुख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे ।’

थालेपछि सफल हुन्छ । मैले गाह्रो छ बाबु नानी भन्द्या भन्दै क्रिकेट मैदान सुरु गरे । बहुत दुख पाए । माया लाग्छ । तर, त्यो क्रिकेट मैदान पनि बन्छ उनीहरुको दुखकस्ट पनि बन्छ ।

 

Leave A Reply

Your email address will not be published.