रुपन्देही । कपिलवस्तुको गौतमबुद्ध बहुमुखी क्याम्पस बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा नेविसंघको प्यानलै विजयी भएको छ ।
केही समयअघि सम्पन्न मतपरिणाम अनुसार क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका शिवप्रसाद घिमिरे १ सय २६ मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी दिलिप थारुले १ सय १० मत प्राप्त गरे । यसैगरी सचिवमा नेविसंघकी पवित्रा बेल्वासे १ सय २६ मतसहित निर्वाचित भएकी छन् भने अनेरास्ववियुकी रुपा भरले १ सय ६ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी अस्मिता चौधरीले १ सय ३६ मत ल्याउँदै निर्वाचित भइन् भने अनेरास्ववियुका विमल अधिकारीले ९३ मत प्राप्त गरे । यसैगरी सदस्यहरुमा क्रमशः नेविसंघका शारदा अधिकारी, सुजना जिसी, समिक्षा खनाल, सम्झाना थारु र अनेरास्ववियुकी अमृता थारु निर्वाचित भएकी छन् ।