Take a fresh look at your lifestyle.

थमन गुरुङको नेतृत्वमा ७१ सदस्यीय वाइसीएल गण्डकी प्रदेश समिति गठन

0

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल गण्डकी प्रदेशको अध्यक्षमा थमन गुरुङ चयन भएका छन् ।

शनिवार पोखरामा सम्पन्न प्रथम गण्डकी प्रदेश सम्मेलनले गुरुङको नेतृत्वमा सर्वसहमतिमा ७१ सदस्यीय प्रदेश समिति चयन गरेको हो । सङ्गठनको उपाध्यक्षमा रिजन विक, सविता निउरे, सचिवमा सुमीत घर्ती र सहसचिवमा सागर गुरुङ, दीपेन्द्र थापा, वसन्त सदाशङ्कर, दीपेन्द्र नेपाली, विकास तामाङ चयन भएका छन् भने कोषाध्यक्षमा आइतराम तामाङ चयन भएका छन् ।

बाकी रहेका पदाधिकारी र सदस्य प्रथम बैठकबाट मनोनीत गरिने वाइसीएल नेपालका सचिव हरि ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.