Take a fresh look at your lifestyle.

३०० दिनमा कीर्तिपुर मैदानको काम नसकिने भएपछि प्रधानमन्त्रीले दिए थप दुई महिनाको समय सीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका छन् । उनले निर्माण सम्पन्न गर्न थप दुई महिना समय समेत दिएका छन् ।

ओली मन्त्रीपरिषदको पहिलो वैठकले किर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।

पर्सि २४ गते ३०० दिन पुग्दैछ । सो अवधिभित्र काम नसकिने भएपछि ओलीले स्पष्टीकरण मागेका हुन् ।

Leave A Reply

Your email address will not be published.