Take a fresh look at your lifestyle.

पाटन क्याम्पस स्ववियु निर्वाचन: अग्रता फराकिलो बनाउँदै नेविसंघका रोहित

ललितपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको मतगणनामा नेपाल विद्यार्थी संघका रोहित कपालीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

कुल १,७७४ मत खसेको निर्वाचनअन्तर्गत ४४८ मत गन्दा रोहित २५७ मत ल्याएर प्रतिद्वन्द्वीभन्दा झण्डै तेब्बर मतले अगाडि बढेका छन् । उनलाई अनेरास्ववियुका तिलक कुमालले ९६ मतसहित पछ्याइरहेका छन् । त्यस्तै अखिल क्रान्तिकारीका दीपक मगरले ३३ मत ल्याएका छन् ।

सचिवमा पनि नेविसंघका रुपक न्यौपाने १५८ मतसहित अगाडि छन् । उनलाई अनेरास्ववियुका नितिन पाण्डेयले १४२ मत ल्याएर पछ्याइरहेका छन् । अखिल क्रान्तिकारीका सचिव उम्मेदवार टीकाराम खत्रीले ११२ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा नेविसंघकै प्रज्ज्वल तामाङले १८५ मतसहित अगाडि छन् । उनलाई अनेरास्ववियुकी सुस्मा शाहीले १५४ र अखिल क्रान्तिकारीका उदय पोख्रेलले १०१ मतसहित पछ्याइरहेका छन् ।

कुल ७,४९४ मतदाता रहेको पाटन क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरु गठबन्धन नगरी एक्लाएक्लै प्रतिस्पर्धामा छन् । यहाँ २४ बुथमा १,७७४ मत खसेको हो । विद्युतीय मेसिनमार्फत मतदान भएकाले आजै मतपरिणाम आउनेछ ।

Leave A Reply

Your email address will not be published.