विराटनगर । विभागीय टोली नेपाल पुलिस विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली आसामलाई आजको खेलमा हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । यस अघि नै अर्को विभागीय टोली आर्मी एम एम कपको फाइनलमा पुगिसकेको छ ।
विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार भएको समूह वि को अन्तिम लिग खेलमा पुलिसले पाहुना टोली भारतको आसाम क्रिकेट क्वललाई ६ विकेटले पराजित गर्यो ।
समूहको वी मा रहेका आसाम र घरेलु टाली कोशी प्रदेश थिए । सबैले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २–२ अंक जोडे पनि नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो ।
पहिला व्याटिंग गरेको पाहुना टोली आसामले १ सय ५५ रनको चुनौती थियो । पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाई जित हात पारेको हो ।
आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा १ सय ५४ रनको स्कोर बनाएको थियो । आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेनकस्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादवले ३ विकेट लिँदा अरुण ऐरीले पनि ३ विकेट लिए ।
जवाफमा १ सय ५५ रनको लक्ष्य पाएको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाएर लक्ष्य पार गरेका छ । पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिए । यस्तै शंकर रानाले अविजित ६३ रनको पारी खेले ।