Take a fresh look at your lifestyle.

सत्तापक्षीय बैठकमा गएनन् यी ३ नेता, को-को छन् सहभागी ?

काठमाडौं । बालुवाटारमा अहिले सत्ताधारी दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सचिवालय अनुसार बैठकमा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल सहभागी छन् ।

बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम, शिक्षक-डाक्टरलगायतले सडकमा गरिरहेको आन्दोलन र समाधानको रणनीति लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बालुवाटार बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् । जसपा नेपाल, जनमत र नागरिक उन्मुक्तिबाट भने कोही आएका छैनन् ।

यसअघिका गठबन्धनको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष डा. सिके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी हुँदै आएकी थिइन् । जनमत र नाउपाबीच पार्टी एकता घोषणा कार्यक्रम भएकाले २ दलका नेता बालुवाटार बैठकमा अनुपस्थित भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.