Take a fresh look at your lifestyle.

शुक्रबार राष्ट्रपतिले सम्बोधन गर्ने शीतल निवासको पत्र संसद सचिवालयमा

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ शुक्रबारको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने पत्र शीतल निवासले संसद सचिवालयमा पठाएको छ । उक्त दिन दिउँसो ३ बजे हुने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेबारे राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई जानकारी गराएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयका सचिव डा.राप्रसाद घिमिरेले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई जानकारी गराएका हुन् ।

 

Leave A Reply

Your email address will not be published.