काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई यतिबेला भारत भ्रमणमा छन् ।
निकट ‘प्रगतिशील नेपाली समाज, भारतको प्रथम अधिवेशनमा सहभागी हुन भारत पुगेका भट्टराई राजनीतिक भेटघाटमा व्यस्त छन् ।
उनले नेपालका लागि पूर्वभारतीय राजदूतहरू श्याम शरण, राकेश सुद, रञ्जित रे र मंजिव सिंह पुरीसँग आज भेटवार्ता गरेको सचिवालयले जनाएको छ ।
आजै उनले भाजपाका वरिष्ठ नेता तथा भारतका रक्षा मन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गरेका थिए । उनले यीबाहेक भारतका विभिन्न राजनीतिज्ञहरुसँग पनि भेटवार्ता गरिरहेका छन् । भेटमा नेसपाकी विदेश विभाग प्रमुख तथा उपाध्यक्ष मानुषी यामी भट्टराई पनि सहभागी छिन् ।