Take a fresh look at your lifestyle.

सफा टेम्पुमा भेटिइन् पूर्वमन्त्री विद्या भट्टराई, अर्का सांसदले हाले तस्बिर

काठमाडौं । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रारत भेटिएकी छिन् । हालै मात्र शिक्षामन्त्रीबाट राजीनामा दिएकी उनी सफा टेम्पो चढेको तस्बिर एमालेकै अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका छन् ।

तामाङले आज फेसबुकमा पोस्ट गरेको तस्बिर तीन दिन अगाडिको हो । लामाका अनुसार जारी संसद अधिवेशनको पहिलो दिनको बैठक सकिएपछि उनी डेरा फर्किनको लागि संसद भवनको ३ नम्बर गेटमा पठाओ कुरिरहेका थिए ।

त्यही क्रममा निवर्तमान मन्त्री भट्टराई पनि संसद बैठकपछि निवास फर्किने क्रममा टेम्पु चढ्दै गरेको उनले देखे । त्यसपछि उनले मोबाइलबाट केही तस्बिरहरु खिचेका थिए ।

उनले भने, ‘उहाँको सादगीपन मन परेर मैले नै खिचेको हुँ । उहाँले अन्यथा मान्नुहोला कि भनेर दुई दिन सार्वजनिक गरिनँ । अनुमति लिएर आज राखेको हुँ ।’

मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी परित्याग गरेकी थिइन् ।

भट्टराई नेकपा एमालेका लोकप्रिय नेता स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।

Leave A Reply

Your email address will not be published.